उम्मेदवारको मुख नहेर्नुस्, रुखलाई हेरेर मतदान गर्नुस् : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बतए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरु लागिरहेको पनि बताए ।

महामन्त्री शर्माले दश वर्षमा देशलाई विजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप