पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार प्रदेश १ मा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।
पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।
ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ ।
बजार पसल, शिक्षण संस्था, उद्योग धन्दा लगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् । एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।
प्रतिकृया दिनुहॊस