कालो दिन भन्दै पूर्वका नौ जिल्ला बन्द

पाँचथर ।   राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले मंगलबार प्रदेश १ मा एक दिन वन्दको आहवान गरेको छ । वन्द आह्वान गरेको कारण जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।

ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ ।

बजार पसल, शिक्षण संस्था, उद्योग धन्दा लगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् । एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस