आगामी ३ दिन देशैभर वर्षाको सम्भावना र पूर्वमा भारी वर्षा हुनसक्ने

काठमाडौं ।आगामी ३ दिन देशैभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। शाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ ।

देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाकाे छ ।

त्यस्तै मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुने । २४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री