महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैँक लि.ले मिति २०७५ श्रावण २१ गते देखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।

उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ ।

बैंकले असार, २०७५ सम्म रु. २७ अर्ब २७ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस