जनताले राप्रपालाई वैकल्पिक शक्तिका रूपमा लिएका छन् : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन्।

आज गृह जिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए।

उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा गर्दै भ्रष्टाचारलाई मुख्य शत्रुका रूपमा लिएर जनताको काममा समर्पित भएर लाग्न निर्देशन दिए।

कार्यक्रममा देशभरबाट हजारौँ अन्य पार्टीका कार्यकर्ता राप्रपाप्रति नयाँ आशा र विश्वास लिएर पार्टी प्रवेश गरिरहेको उनको भनाइ थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds