पोल्याण्डमा २९ लाख बढी युक्रेनी शरणार्थी

युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्यान्ड पुगेका छन्। २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्यान्ड पुगेका हुन्।

पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्यान्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्यान्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ।

शुक्रबार पोल्यान्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्यान्ड शरण लिएका छन्। युद्ध भएपछि पोल्यान्डबाट ८ लाख २५ हजार युक्रेनी युक्रेन पसेका छन् ।

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्यान्ड भागेका थिए । रुसले पूर्वी युक्रेनमा आफ्नाे हमला केन्द्रित गरेकाे छ। रुसले युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री