भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने बेलायतको इच्छा

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी नोभेम्बरसम्म आफूले भारतसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न चाहेको बताएका छन् । तर, दुई देशबीचको व्यापार सम्झौताबारे अहिल्यै भविष्यवाणी गर्न कठिन हुने बीबीसीले उल्लेख गरेको छ ।

बेलायतले भारतमा ह्विस्की निर्यात गर्न चाहेको छ । तर, भारतमा आयातित मदिरामा १५० प्रतिशत कर लाग्छ । जसले गर्दा अहिले भारतमा सीमानाहरूबाट छिर्ने गरेको ह्विस्कीले बजार लिएको छ । कर तिरिएका महँगा ह्विस्कीको बिक्री वितरण २ प्रतिशतमै सीमित रहेको बीबीसीमा उल्लेख छ ।

भारतमा कर, कोटा वा लगानी प्रतिबन्धदेखि बजार पहुँच कठिनाइजस्ता उच्च व्यापार अवरोधहरू छन् । उदाहरणका लागि विदेशी कार आयातमा १०० प्रतिशतसम्म कर लाग्ने गरेको छ । जसले गर्दा बेलायतले त्यत्रो ठुलो जनसंख्या भएको भारतमा भन्दा बेल्जियमा धेरै कार निर्यात गर्दछ ।

तर, स्थितिमा परिवर्तन आउन लागेको छ । यसै वर्षको सुरुमा बेलायत र भारतबीच सन् २०२२ को उत्तरार्धसम्ममा व्यापार सम्झौता सुनिश्चित गर्ने लक्षले वार्ता सुरु भएको थियो । यस सम्बन्धी तेस्रो चरणको वार्ता आगामी साता सुरु हुने सम्भावना रहेको छ ।

बेलायती व्यापार मन्त्री एन्ने-म्यारी ट्रेभेल्यानले यस्तो सम्झौता ‘स्वर्णिम अवसर’ सावित हुने र सम्भवत त्यसले सन् २०३५ सम्ममा भारत र बेलायतबीचको व्यापार दोब्बर हुने अर्थात वार्षिक व्यापारमा २८ अर्ब पाउन्डले वृद्धि हुने बताएकी छन् । अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि हालै मात्र भातसँग व्यापार सम्झौता गरेकाले बेलायतसँग पनि सम्झौता हुनसक्ने सम्भावना बढिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस