मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यो वर्षको दोस्रो कारोबार दिन सोमबार ४१ दशमलव ७७ अंकले घटेको बजार आज भने १३ दशमलव ३७ अंकले वृद्धि भएर २ हजार ३५७ दशमलव २४ विन्दुमा पुगेको हो।
मंगलबार २२९ वटा धितोपत्रको ३२ लाख १३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी अन्य समूहको १ दशमलव शून्य ९ प्रतिशतले बढेको हो । त्यस्तै, नेष्डो समृद्ध लघुवित्त र ग्रिन भेन्चरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नबिल बैँकको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
प्रतिकृया दिनुहॊस