१० जनामा कोरोना संक्रमण पुष्टि, ३३४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ४०३ नमुना परीक्षण गर्दा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७२ हजार ६८९ रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री