गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जानु पर्छः मन्त्री भुसाल

नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छिन्। ललितपुरमा आज आयोजित कार्यक्रममा उनले अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउनेबीचको भएकाे बताइन्।

जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन्।

यसैबीच ऊर्जामन्त्री भुसालले पछिल्लो समय चर्चा भएजस्तो देशको अर्थतन्त्र खराब नभएको उल्लेख गर्दै कृषिमा आधारित देशको अर्थतन्त्रमा बाह्य कारणले दबाब भने रहेको बताइन्। बिलासीताका वस्तु मात्र नभई अर्बौंको खाद्यान्नसमेत विदेशी मुलुकबाट आयात हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले पछिल्लो समय सरकारले अत्यावश्यकबाहेक केही सामग्रीको आयात कडाइ गरेको जानकारी दिइन्।

जलविद्युतबाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उनले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिलाइएको बताइन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस