भोलिसम्म स्थानीय तहको तालमेल टुङ्गो लाग्छ : प्रचण्ड

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलिसम्ममा लागिसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा  बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले गठबन्धन दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताएका छन् । भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए । गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको हो भन्ने जिज्ञासामा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री