राजा फर्किने असम्भव एजेण्डा बोकेर नयाँ पिंढीलाई भ्रममा पार्नु हुँदैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना नरहेको बताएका छन् । राजा फर्किने बाटो राजाले नै बन्द गरिदिएको उनको भनाइ छ ।

राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्थाको एजेण्डासहित अघि बढिरहेको पूर्वपार्टी राप्रपाप्रति टिप्पणी गर्दै थापाले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा नपार्न आग्रह गरेका छन् । आफूलाई राजाको माया त लाग्ने भए पनि नफर्किने निष्कर्षका साथ आफूले राजा छोडेर हिन्दु राष्ट्रको अभियानमा लागेको भन्दै थापाले लिङ्देनको राप्रपा पनि विस्तारै आफ्नै लाइनमा आउने दाबी गरेका छन् ।

‘पार्टीहरु असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरु नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए,’ उनले भनेका छन्, ‘अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेण्डा बोकेर हिन्दु राष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन ।’

थापाले लिङ्देन नेतृत्वको राप्रपा आफूले समातेको बाटोमै आउनुपर्ने जिकिर गरेका छन् । ‘अहिले गालि गलौज/आरोपहरु खेपेर भए पनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो । त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ उनले भनेका छन् । थापाले राजसंस्थाप्रति आफ्नो सम्मान सदैव रहिरहने पनि स्पष्ट पारेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री