सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सयले बढेर तोलाको एक लाख २ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १४१५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बुधबार चाँदी तोलाको १४०० मा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकारको स्तरोन्नति गरिने

काठमाडौँ । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । आइतबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै …

प्रतिकृया दिनुहॊस