काँग्रेसबाट ललितपुर महानगरको मेयरमा चिरीबाबुसहित सात जनाको नाम सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरकाे उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । कांग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।

महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस