सत्तारुढ गठबन्धनको अपिल- देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको गठबन्धनमा आबद्ध पाँच दलका शीर्षस्थ नेताबीच भएको बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा देशभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न गठबन्धनले आव्हान गरेको छ ।

चुनावी तालमेलको मोडालिटीको बारेमा गठबन्धनको भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस