काठमाडौं । देशका विभिन्न भागमा आज (आइतबार) मेघगर्ज र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज राति प्रदेश-१ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेश र वागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिकृया दिनुहॊस