काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्ष विपक्षमा बहस शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाललगायतले निलम्बनको विरोध गरेका छन् भने सत्तारुढ दलका नेताहरू मौन छन् ।
अर्थतन्त्र सङ्कटमा गएका बेला सरकारले ‘गलत’ कदम चालेको टिप्पणी कतिपयको छ । यहीबिच नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले गभर्नरको निलम्बनमाथि प्रश्न गरेका छन् ।
उनले आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि खन्याएको आरोप लगाए । ‘आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी ? यो कहाँको वित्तीय सिद्धान्त हो, सरकार ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।
प्रतिकृया दिनुहॊस