योगेश भट्टराईको प्रश्न- आफ्नो करतुतको सजाय गभर्नरमाथि, यो कहाँको वित्तीय सिद्धान्त हो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनपछि यसको पक्ष विपक्षमा बहस शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा नेपाललगायतले निलम्बनको विरोध गरेका छन् भने सत्तारुढ दलका नेताहरू मौन छन् ।

अर्थतन्त्र सङ्कटमा गएका बेला सरकारले ‘गलत’ कदम चालेको टिप्पणी कतिपयको छ । यहीबिच नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले गभर्नरको निलम्बनमाथि प्रश्न गरेका छन् ।

उनले आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि खन्याएको आरोप लगाए । ‘आफ्नो नालायकी र करतुतको सजाय राष्ट्र बैंकका गभर्नरमाथि सिस्नु पानी ? यो कहाँको वित्तीय सिद्धान्त हो, सरकार ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उज्यालो नहुँदै श्रीमानको हत्या

काठमाडौं । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका–२ निवासी ३२ …

प्रतिकृया दिनुहॊस