स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउने गरि तयारी गर्न ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरि चुनावको तयारी गर्नु पर्ने र त्यसका लागि सबै एकभएर जुट्नुपर्ने बताए। उनले स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यकर्मीको पेसा सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको हुनाले त्यसप्रति ध्यान दिएर जिम्मेवार भएर काम गर्न आग्रह गर्दै महामारीका बेलामा स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी राखेर गरेको कामप्रति उच्च प्रशंसा गरेका थिए । स्वास्थ्यकर्मीको महाधिवेशनमा देशभरबाट ७०० प्रतिनिधि सहभागी भएका छन्। आइबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after