नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरशिप अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आव्हान गरिएको छ ।
सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको यस कार्यक्रम अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आव्हान गरिएको हो । फेलोशिप कार्यक्रम भने यसअघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्यगरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रबर्द्धनलाई जोड दिएको छ ।
मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो । यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्नेछ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुस“ग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ ।
आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबर्द्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागिहरुको छनौट गरिनेछ । छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।
साझेदार शैक्षिक संस्थाहरुः
प्रदेश शैक्षिक संस्था
प्रदेश १: महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस,विराटनगर
मधेश: बीरगंज पब्लिक कलेज,बीरगंज
बाग्मती: काम्पिएन कलेज,ललितपुर
गण्डकी: ला ग्रान्डि इन्टरनासनल कलेज, पोखरा
लुम्बिनी: क्षितिज इन्टरनेसनल कलेज,बुटवल
कर्णाली: सुर्खेत मोडल कलेज, वीरेन्द्रनगर
सुदुर पश्चिमाञ्चल: सुदुर पश्चिमाञ्चल अकाडेमी, धनगढी




