काेराेना अपडेटः सात जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ। पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ८४७ पुगेको छ। यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय ५० हजार ९३ ले खोप लगाएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ रहेको छ । होम आइसोलेशनमा ७१७ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३०, आइसियुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सडकमा अलपत्र यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन …

प्रतिकृया दिनुहॊस

This will auto close after