काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो ।
एडीबीले २०२३ मा ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान गरेको हो । सन् २०२२ (चालू आर्थिक वर्ष) कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशत रहनेछ । रोपाइँका बेला पर्याप्त वर्षा भए पनि धान थन्क्याउने बेला भएको वर्षाले क्षति पुऱ्याउँदा धान उत्पादन ९ प्रतिशतले घटेको छ । उद्योग क्षेत्र ४.१ प्रतिशतले बढ्नेछ भने सेवा क्षेत्र ५.२ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।
कोरोना महामारी मत्थर हुँदै गएको र खोपको व्यापक प्रयोग भएकाले आर्थिक वृद्धिदर बढाउन सहयोग पुग्ने तर विकसित मुलुकको वृद्धिदर अझै सुस्त रहेकाले त्यसको प्रभाव नेपाललगायतका मुलुकमा पनि पर्ने एडीबीले जनाएको छ । अघिल्लो आर्थिक वर्षको ६.२ प्रतिशतबाट घटेर सन् २०२१ (२०७७/७८)मा ३,६ प्रतिशत कायम : रहेको मुद्रास्फीति यो वर्ष ६.५ प्रतिशत पुग्न एडीबीको अनुमान छ ।
प्रतिकृया दिनुहॊस