रेलिङमा पानी हाल्दै गर्दा हजार भोल्टको करेन्ट लागेर मृत्यु

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनमा बुधबार ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्टबाट स्थानीय ६५ वर्षीय रामनारायण साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

नयाँ घरको छतमाथि रेलिङमा पानी हाल्दै गर्दा छतको माथि रहेको ११ हजार भोल्टको तारमा अचानक छुन जाँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त भएका उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री