आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता हाे : ऊर्जामन्त्री

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छिन्।

बुधबार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरु रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् ।

नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि हुनु पर्ने जति विद्युत उत्पादन गर्न नसकिएको उनको भनाइ छ । उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यकता देखा परेको बताइन् ।

मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताइन् । उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताइन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इक्यानको ‘शैक्षिक मेला’ असोज १६ मा, विद्यार्थी र अभिभावकलाई मार्गनिर्देशनको सुनौलो अवसर

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गर्न लागेको ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल …

प्रतिकृया दिनुहॊस

This will auto close after