आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय जिल्लाले गर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन्। नेपाली कांग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए।

डा कोइरालाले धेरैजसो जिल्लामा कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे। तनहुँमा पनि केही ठाउँमा पुग्दा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौँ।”

कोइरालाले विधानअनुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गरे।

केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै कांग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताए। नुवाकोटका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले कांग्रेसले कांग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।

महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको उल्लेख गरे। जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण कांग्रेस कमजोर हुँदै गएकाले एक ढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस