जग्गा ‘प्लानिङ’ गर्न खनिएको ढिस्कोमा पुरिएर भक्तपुरमा दुई जनाको मृत्यु

काठमाडाैँ  । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको हो । चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नभइसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री