मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माणका लागि सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले काभ्रे स्थित श्री काठमाडौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्वारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको छ ।

काठमाडौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईटको निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ सालसम्म गरिने छ ।

बैंकले काठमाडौं विश्वविद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नका लागि एक कार्यक्रमबीच रु ७५,००० को (चेक) हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख–बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाडौं विश्वविद्यालय हाईस्कूलका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न जुटेका सबै विधार्थीहरु र संस्थाहरुलाई मद्दत हुने र अन्य विद्यार्थीहरुलाई समेत विज्ञान विषयप्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस