फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामीकाे चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ।
उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ। भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ।
‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ। भूकम्पसम्बन्धी थप विवरण संकलन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ। एजेन्सी
तपाईंको प्रतिकृया




