कांग्रेसले स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धन गर्ने

कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो।

गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री