स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र राष्ट्रियस्तरको क वर्गको वाणिज्य बैंक एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ।

राजधानी काठमाडौंमा मङ्लबार आयोजित विशेष कार्यक्रमकाबीच स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा संचालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

यस सम्झौता पश्चात विभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआइसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरि फाइनान्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ।

विगत २० वर्षदेखि बिभिन्न भुक्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एसियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस