काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १३ सयले घटेर तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि, सोमबार सुन तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार ७ सय रहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३७० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १३८० मा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहॊस