सल्यानमा ड्युटीमा रहेका प्रहरी जवान मृत फेला

काठमाडाैँ  । सल्यानमा एक प्रहरी जवान मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको हो ।

गए राति १० बजेदेखि २ बजेसम्म इलाका प्रहरी कार्यालय श्रीनगरको मुख्यद्वारमा ड्युटीमा रहेका केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाको कारण नखुले पनि ३० मिटर छाङ्गोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मृतक प्रहरी जवान केसी रुकुम पश्चिमको मुसिकोट-१३ छिवाङका हुन् ।

घटनाबारे अनुसन्धान शुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्का पुगेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस