काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु बैठक आज पनि बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठक स्थानीय निर्वाचनमा केन्द्रित हुनेछ । कांग्रेसभित्र निर्वाचनमा गठबन्धन आवश्यक रहे/नरहेको विषयलाई लिएर फरक-फरक मत छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताउँदै आएका छन् । नेता शेखर कोइराला भने पार्टीको आफ्नै विचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने धारणा राख्दै आएका छन् ।
गठबन्धनका कारण कांग्रेसको अवस्था भारतीय कांग्रेसकै जस्तो हुन्छ कि भन्ने आशंका पैदा भएको उनको धारणा छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्दै आएका छन् ।
प्रतिकृया दिनुहॊस