पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

काठमाडौं । गर्मी बढ्दै छ । तर, राहदानी विभाग अगाडिको भीड घट्दैन । कोही उँग्दै बसेका छन् । कोही पसिना पुछ्दै । रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू ।’

तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन । दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे । विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ‘राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ । बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ ।’

राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ । तर, सर्भरले थाम्दैन । सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको सास्ती कम छैन । ‘म राति ३ बजे नै आएर लाइनमा बसें, बिहीबार बिहान १०ः५६ बजे कार्यालय परिसरमा भेटिएका बाग्लुङका २७ वर्षीय समिपराज आचार्यले भने, ’डेढ महिना पहिले नै बुक गरेर आएँ । अहिले त सर्भर चलेको छैन भन्छन् । के गर्ने ?’ अन्नपूर्ण पोष्ट दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस