प्रधानमन्त्री: गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने

तनहुँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने भनेका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा आज बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे ।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको धारणा छ ।  प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने प्रधानमन्त्री देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको विचार थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस