काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २ सय ७ पुगेको छ ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया




