‘खल्ती’बाट बैंक ट्रान्सफर नि:शुल्क : नेपालको कुनै पनि बैंकमा पैसा पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेट ले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो। ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम नि:शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन्। यो अफर चैत्र ७ गते २०७८ देखि बैशाख ६, २०७९ गते सम्म लागु हुनेछ।

यस सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए: “खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ।”

“खल्ती” नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस