४०० जना आश्रय बसेको विद्यालयमा रुसी सेनाद्वारा आक्रमण

रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ। विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए।

हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ।

यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना मारिएको जनाइएको थियो। सो क्षेत्रमा उद्दार कार्य जारी छ।

युक्रेन युद्धले उर्जा, खाद्यान्न, मुद्रास्फीति तथा गरिबीमा ठूलो आर्थिक परिणाम ल्याउने युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले जनाएको छ।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस