चीनमा बढ्दै काेराेना संक्रमणः एकै दिन ४ हजार ५१ नयाँ संक्रमित थपिए

चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ। कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।

दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। कोभिडबाट सो प्रान्त बढी प्रभावित छ। कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन्।

चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको छ। शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए। यो अघिल्लो दिनभन्दा तुलनात्मकरुपमा थोरै सख्ंया हो। शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो। ती मध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए।

चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ। बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ।

नयाँ मृत्यु त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो। राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आइएमई पेबाट इनड्राइभका चालकहरुको लागि नयाँ योजना : कमिशन फिर्ता पाउने सुनौलो मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुको लागि ‘५ …

प्रतिकृया दिनुहॊस