नेपालमा शुक्रबार ५१ जना काेराेना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ९१४ परीक्षण गरिएकाे छ। जसमध्ये ५१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।

यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ३९२ रहेको छ।

विगत २४ घन्टामा २९ हजार ३९० जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

सक्रिय संक्रमितकाे संख्या ३ हजार ९९६ रहेकाे छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप