इन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साईकल प्रयोगमा जोड

विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देशसमेत इन्धनमा भएको मूल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारी नै छ। इन्धन (पेट्रोलियम पदार्थ) को मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरि सांग्रिला डेभलपमेन्ट बैंक लि.ले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडि वढाएको छ।

‘समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावत गर्न उत्प्रेरित गरेका छौं।’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई उत्पे्ररित गरेको र सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवत जावत गरि इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीहरुलाई आग्रह गरेको छ।

बैंकले विद्युतिय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरि सो प्रोडक्ट पेपरको प्रवर्द्धन गर्न लागेको पनि बैंकले जनाएको छ।

देशमा इन्धनको खपत सक्दो कम गरि वातावरणलाई सफा स्वच्छ राख्नका लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ सेभ फ्युल च्यालेन्ज भन्ने नाराका साथ बैंक अगाडि बढेको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस