पार्टीलाई प्रभावकारी बनाउन नेता कार्यकर्ताहरुलाई जसपा अध्यक्ष यादवको निर्देशन

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

सोमबार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् । उनले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए । उनले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिका अनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताए । उनले आजको बैठकमा नेताहरुले पार्टीको संगठनात्मक कुराहरुमा आफ्नो धारणा राखिरहेको बताए ।

केन्द्रिय सदस्य थापाले आगामी स्थानीय निर्वाचनमा केन्द्रिय प्रतिनिधिहरुले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जित दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको पनि बताए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री