शेयर बजार : १०१ दशमलव ०७ अंकले बढ्यो नेप्से

आइतबार शेयर बजार सकारात्मक देखिएको छ। गत साताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेको बजार आज पनि १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको हो।

आइतबार २२८ वटा धितोपत्रको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आइतबार सबै समूहको परिसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको ६ दशमलव ९४ प्रतिशतले बढेको हो ।

आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस