११२ जना कोरोना संक्रमित थपिए, ४२९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन।

यस्तै संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ३४० रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री