प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दसौँ अधिवेशनको १०औँ बैठक बस्न लागेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिवले जनाएको छ । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसद्लाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद् बैठक सञ्चालन गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री