एमाले अध्यक्ष ओली गृह जिल्ला झापा जाँदै, के-के छन् कार्यक्रम ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । ओली बिहान ८ः३० बजे झापा आइपुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जानकारी दिएको छ ।

बिहान ८ः३० बजे भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित शहीद स्मृति पार्कमा गएर बिहान ९ः३० बजे शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजे दमकमा खाना खाने र ११ः३० बजे कमल गाउँपालिका-६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास ओलीले गर्ने कार्यक्रम छ ।

१२ः३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश-१ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने र १ः३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश-१ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ ।

त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको जनाइएको छ । ओली शनिबार साँझ ६ बजेको हवाई उडानबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस