अस्ट्रेलियाका महान लेग स्पिनर शेन वार्नको निधन

काठमाडौं । अस्ट्रेलियाका चर्चित लिग स्पिनर शेन वार्नको निधन भएको छ । वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

वार्नको व्यवस्थापन हेर्ने कम्पनिले फक्स न्यूजलाई दिएको संक्षिप्त विवरण अनुसार उनको थाइल्याण्डमा हृदयघातको आशंकामा निधन भएको हो । कम्पनीले शेन आफ्नो भिलामा अचेत अवस्थामा फेला परेको थियो र मेडिकल स्टाफको उत्कृष्ट प्रयासको बाबजुद बचाउन नसकिएको बताएको छ ।

विस्डेनका पाँच शताब्दीका पाँच क्रिकेटरहरू मध्ये एक घोषित वार्नले १९९२ र २००७ बीचको १५ वर्षको क्रिकेट करियरमा ७०८ टेस्ट विकेट लिएका थिए भने १९९९ मा अस्ट्रेलियाका लागि विश्वकप जितेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस