एमसीसीबारे पार्टीकाे धारणा सार्वजनिक गर्दै ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ । पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको थियो ।

एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन । तर एमालेकै सांसद भीम रावलले भने पार्टी निर्णयविपरित संसदमा बोलेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री