काठमाडाैँ । सर्वोच्च अदालतले एमसीसीविरुद्धको रिट दरपिठको कारण माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दरपिठविरुद्ध दिएको निवेदन सर्वोच्चले न्यायाधीश कार्कीको एकल इजलासमा सोमबार सुनुवाइ तोकेको थियो । भण्डारीले यसअघि एमसीसी रोक्न माग गर्दै दर्ताका लागि पेस गरेको रिट निवेदन गत सोमबार सर्वोच्चले दरपिठ गरेको थियो ।
सर्वोच्चले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो । सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले गत फागुन १० मा दर्ता गर्ने आधार नभएको भन्दै दरपिठ गरिदिएका थिए । यसविरुद्ध भण्डारीले निवेदन दिएका थिए । –नयाँ पत्रिकाबाट
तपाईंको प्रतिकृया




